रास्वपाले आज बृहत्तर एकता घोषणा गर्दै

रास्वपाले आज बृहत्तर एकता घोषणा गर्दै

रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकताको औपचारिक घोषणा हुने छ । सभामार्फत एकता प्रक्रियालाई पूर्णता दिइने र आगामी राजनीतिक कार्यदिशा सार्वजनिक गरिने पार्टीले जनाएको छ 

रास्वपाले पुस १३ र १४ गते काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो । सो सहमतिअनुसार आजको सभाबाट विभिन्न समूहबीचको सहकार्य औपचारिक हुने पार्टीको भनाइ छ ।