‘लोडसेडिङ हुँदैन’ भनेर मात्र हुँदैन, विकल्पमा ठोस काम थाल्नुपर्छ : कुलमान घिसिङ

‘लोडसेडिङ हुँदैन’ भनेर मात्र हुँदैन, विकल्पमा ठोस काम थाल्नुपर्छ :  कुलमान घिसिङ

 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोटेकोशी हुँदै भदौ १० गते आएको त्रिशूली बाढीपछि त्यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक समेत रहेका अध्यक्ष घिसिङले बाढीले विद्युत्, सडक लगायतका अत्यावश्यक पूर्वाधारमा भएको क्षतिले अहिलेको सङ्कट मात्र होइन, आगामी दिनको ऊर्जा सुरक्षा र विकासको यात्रामाथि समेत गम्भीर प्रश्न खडा गरेको उल्लेख गरेका छन् । 

‘विशेष गरी त्रिशूली नदी करिडोरमा सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरू, विद्युत् प्रसारण तथा वितरण संरचना र सडक पूर्वाधारमा भएको क्षति अत्यन्त गम्भीर छ’, घिसिङले भनेका छन्, ‘त्रिशूली नदी बेसिनको भौगोलिक तथा भौगर्भिक अवस्था र पछिल्लो प्राकृतिक विपद्ले यहाँका जलविद्युत् आयोजनाहरूको भविष्य र लगानी सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गरेको छ ।’