वाग्मती सफाइ महाअभियानको ५७८ औं शृङ्खला पूरा, १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन
काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार निरन्तर संचालन हुँदै आएको वाग्मती सफाइ महाअभियानले शनिबार प्रहरी वृत्त नयाँ बानेश्वर तीनकुने वाग्मती नदिमा ५७८ औं शृङ्खला पूरा गरेको छ ।
महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा,नेपाल सरकारका पूर्व मुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,सुविधानगर सामुदायिक विकास समिति अध्यक्ष सुमित्रा कडरिया,उत्तिस एलिभेटर प्रतिनिधि सन्तोष खड्का,खोटाङ डेकोर प्रतिनिधि योगेन्द्र कार्की,फ्युचर्स लिडर्सका प्रतिनिधि स्मारिका शाही,बानेश्वर महिला वातावरण प्रा.लि.अध्यक्ष दुर्गा दुलाल, केयूकेएलको सहभागिता रहेको थियो ।
त्यसैगरी सुन्दरीघाट वाग्मती सफाइ अभियान संयोजक चित्र सुनुवार, नदि संरक्षक संस्था अध्यक्ष मेघ आलेमगर,वाग्मती सफाइ महाभियानका अभियन्ताहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,स्थानीय वासिन्दाहरुको सहयोगमा संकलित १.५ मेट्रीक टन फोहोरको व्यवस्थापन स्थानीय प्रा.लि.को ट्याक्टर र काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग, टेकुले गरेको थियो ।
थर्ड पोल 