विना निष्कर्ष वार्ता टुंगिएपछि इरानले भन्यो – अमेरिकाले अत्यधिक र अव्यावहारिक माग राख्यो
काठमाडौं । इस्लामावाद वार्ता विना निष्कर्ष टुंगिएको छ। होटल सेरेनामा पाकिस्तानी मध्यस्थतामा भएको अमेरिका र इरानबीचको वार्ता कुनै सम्झौता नभई टुंगिएको हो।इरानले वार्ता विफल हुनुमा अमेरिका दोषी भएको बताएको छ।
ुअमेरिकाको अत्यधिक र अव्यावहारिक मागका कारण वार्ता अगाडि बढ्न सकेन, इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर अमेरिकी अखबार द न्युयोर्क टाइम्सले लेखेको छ।छलफलको मुख्य विषय स्ट्रेट अफ हर्मुज र इरानको युरेनियम समृद्धिबारे दुई देशबीच मतभेद भएको थियो। वार्तामा चर्काचर्की समेत भएको थियो।
ुइरानी टोलीले विभिन्न सिर्जनात्मक प्रस्ताव राख्न पनि अमेरिकी पक्षको हस्तक्षेपकारी र असंगत मागका कारण वार्ता अघि बढ्न सकेन,ु इरानी टेलिभिजन प्रसारणमा भनिएको छ। इरान सरकारनिकट मानिने विश्लेषक अली गोल्हाकीले पनि सामाजिक सञ्जालमार्फत अमेरिकी अडानकै कारण वार्ता विफल भएको दाबी गरेका छन्।
उनले इरानलाई पूर्ण रूपमा युरेनियम समृद्धि रोक्नुपर्ने, करिब ९०० पाउन्ड सञ्चित युरेनियम देशबाहिर लैजानुपर्ने र हर्मुज सुरक्षामा अमेरिकी सर्तअनुसार नै हुनुपर्ने माग अमेरिकी प्रतिनिधिमण्डलले राखेको बताएका छन्।गोल्हाकीले अमेरिकाले लेबननमा इसराइलको आक्रमण रोक्ने कुनै प्रतिबद्धता पनि अमेरिकाले नदिएको आरोप लगाएको छ।
थर्ड पोल 