प्रधानमन्त्री देउवा र विप्लवबीच बालुवाटारमा वार्ता
प्रधानमन्त्री शेर बहादुर देउवा तथा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच वार्ता भएको छ । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा दुई पक्ष विच छलफल भएको हो ।
वार्तामा यसअघि सरकार तथा नेकपाबीच भएको तीन वुदें सहमति कायान्वयन गर्ने, नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने र चुनावमा सहभागीता लगायतका विषयमा छलफल भएको बताइएको छ ।
प्रधामन्त्री देउवा , गृहमन्त्री वालकृष्ण खाँण तथा चन्दसहीतका नेकपाका शीर्ष नेताहरुको सहभागिता रहेको छ । यस छलफलका निर्णयमाथि आज बस्ने मन्त्री परिषदको बैठकमा थप छलफल हुने बताइएको छ ।
