शेयर बजार घट्ने क्रम रोकिएन

शेयर बजार घट्ने क्रम रोकिएन

शेयर बजार आज सोमवार साढे ४४ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ६४ अङ्कले घटेर दुई हजार चार सय १९ दशमलव ७१ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीवन बीमा, उत्पानद, अन्य, होटल तथा पर्यटन, विकास बैंक, व्यापार र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३३ कम्पनीको ५० लाख ९५ हजार कित्ता शेयर दुई अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्सको १६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।