सक्किगोनि' को प्रसारण ९३ भागपछि रोकियो,

1. सक्किगोनि' को प्रसारण ९३ भागपछि रोकियो,

तेस्रो सिजनको चर्चित हास्य सिरियल 'सक्किगोनि' को प्रसारण रोकिएको छ।नयाँ सिजनको तयारीका लागि सिरियलको प्रसारण रोकिएको हो। 

निर्देशक तथा कलाकारद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै छिट्टै चौथो सिजनमा भेट्ने वाचा गरेका छन्।जिग्री र पाँडेले भनेका छन्- 'सक्किगोनि' तेस्रो सिजन ९३ भागमै रोकिएको हो।तेस्रो सिजनका ९३ शृंखला उत्पादन, प्रसारणपछि परिष्कृत सिर्जनाको तयारीका लागि हामी केही समय विश्राम लिँदैछौं,

'सक्किगोनि' टिमले फिल्म निर्माणमा समेत हात हालिसकेको छ। कुमार कट्टेल जिग्री निर्देशित फिल्म 'लाज शरणम्' फागुन १४ गतेदेखि प्रदर्शनमा आएको थियो। यो फिल्म अझै प्रदर्शनरत छ।केही साताअघि सेतोपाटीसँगको कुराकानीमा जिग्री र पाँडेले आफूहरूको कलाकारिताको पहिलो खुड्किलो सिरियल भएकाले यसलाई छाड्नेबारे सोच्न नसक्ने बताएका थिए। 

कुमारले भनेका थिए, 'पहिलो, दोस्रो र तेस्रो सिजन गर्दा पनि केही समय  ब्रेक भएको थियो। सिजन ४ को तयारीका लागि पनि केही समय ब्रेक हुनसक्छ।' जिग्री र पाँडेले सिरियलको आगामी सिजनमा लागि दर्शकबाट रचनात्मक र सिर्जनात्मक सुझावको अपेक्षा समेत गरेका छन्।