सीजी मोटर्सद्वारा हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू

सीजी मोटर्सद्वारा हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू

काठमाडौं ।  नाडा अटो शो २०२५ मा सार्वजनिक भएको हिरो जुम १२५ स्कुटरको डेलिभरी सुरू भएको छ । हिरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले नाडा अटो शोमा बुकिङ गरेकाहरूलाई स्कुटर उपलब्ध गराउन थालेको हो ।

कम्पनीले जुम १२५ स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । होन्डा डिओ १२५ को डिस्क भेरियन्टको मूल्य ३ लाख २६ हजार रुपैयाँ र टीभीएस एनटर्क बीएस ६ को मूल्य ३ लाख १२ हजार रुपैयाँ रहेको छ ।

हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ० देखि ६० किमीको स्पीड मात्र ७.६ सेकेण्डमा भेट्छ ।