सीजेपीको आन्दोलन अगावै यूट्यूबर ध्रुव राठी पक्राउ
। भारतको राजधानी दिल्लीको जन्तर मन्तरमा १० अक्टोबर १० बजे आह्वान गरिएको सीजेपीको प्रदर्शनमा भाग लिनु अगावै दिल्ली पुलिसले चर्चित भारतीय यूट्यूबर ध्रुव राठीलाई पक्राउ गरेको छ ।
यूट्यूबर राठीलाई दिल्लीको गुरुग्रामबाट पक्राउ गरेको प्रहरीले पुष्टि गरेको छ ।
प्रदर्शन अघि नै दिल्ली प्रहरीले जन्तर मन्तरको ४ किलोमिटर दायरामा इन्टरनेट बन्द गरिदिएको छ भने जन्तर मन्तर वरपर धारा १६३ र १४४ लागू गरिएको छ । प्रहरीले बिहानैदेखि सन्दिग्ध प्रदर्शनकारीहरूलाई पक्राउ गरिरहेको मिडिया रिपोर्ट छ ।
यस अघि नै १७० ट्रेन, २ रेलवे स्टेशन र ५७ मेट्रो हिजो शुक्रबारदेखि आजको दिउँसो २ बजेसम्म बन्द गरिएको छ । साथै दिल्लीको जन्तर मन्तरसहित विभिन्न क्षेत्रमा झण्डै ५० हजार सुरक्षाकर्मी तैनात गरिएको छ ।



थर्ड पोल 