सिजेपीको प्रदर्शन रोक्न दिल्लीमा आज पनि कडाइ
भारतको राजधानी नयाँदिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) को प्रदर्शन रोक्न प्रहरीले आइतबार पनि सुरक्षा कडाइ गरेको छ।
प्रदर्शनकारीले लगातार दोस्रो दिन आन्दोलन गर्ने घोषणा गरेपछि प्रहरीले जन्तरमन्तर बन्द राखेको छ भने राजधानीका सीमामा अवरोध खडा गरेको छ।
सवारी आवागमन व्यवस्थापन गर्न ३० स्थानमा डाइभर्सनको व्यवस्था गरिएको भारतीय अखबार द हिन्दुस्तान टाइम्सले लेखेको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने सिजेपीका नेताहरूले बताएका छन्।
शनिबार दिल्लीका विभिन्न स्थानबाट करिब सात हजार प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको अनुमान छ।
प्रदर्शनको नेतृत्व गरिरहेका अजिंक्य सिन्धेले पार्टीका नेता अभिजित दिप्के, सौरभ दास र आशुतोष रंकालाई नियन्त्रणमा लिए पनि आन्दोलन नरोकिने बताएका छन्।



थर्ड पोल 