सुटकेसभित्र मृत भेटिएकी रुबीको आमालाई अन्तिम फोन, यस्तो भनेकी थिइन्
काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार गौर बजार जान भनेर डेराबाट निस्किइन् । उनले साँझ करिब ६ बजेतिर आमा मिथिला देवी साहलाई फोनमा सोधिन्– बजारबाट केही सामान ल्याउनुपर्ने छ ?
‘सामान सबै छ । केही ल्याउनु पर्दैन,’ आमाको जवाफ थियो । फोनमा त्यति कुरा गरेकी उनै रुबी भने त्यो रातभर फर्किनन् । बरू आइतबार एकाबिहानै आमा मिथिला देवीले अशुभ समाचार सुनिन्– सुटकेसभित्र महिलाको शव भेटियो ।
थर्ड पोल 