सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
काठमाडौं । लगातार बढिरहेको सुनको मूल्यले बिहीबार पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार मात्रै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम भई हालसम्मै उच्च मूल्यमा कारोबार भएको थियो ।
बुधबार प्रतितोला एक हजार रुपैयाँले बढेर सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँ कायम भएको छ ।साथै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला १६ सय ५० रुपैयाँ कायम भएको छ ।
थर्ड पोल 