सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ? 

सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो तोलाको ? 

काठमाडौं ।  सुनचाँदीको भाउ बढेको छ । बुधबार तोलामा ४०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।