सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो

काठमाडौं ।  आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस अघि विहिबार सुनको मुल्य १ लाख ५३ हजार २ सयमा कारोबार भएको थियो ।त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १८२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।