सन्तुलन सिद्धान्तको अभावले राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्दै–शंकर पोखरेल

सन्तुलन सिद्धान्तको अभावले राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्दै–शंकर पोखरेल


काठमाडौं, बैशाख २६ गते । नियन्त्रण र सन्तुलनको सिद्धान्त नहुँदा राज्यका निकायमा स्वेच्छाचारिता बढेको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बताएका छन्। कानुन दिवसका सन्दर्भमा शुभकामना दिँदै उनले शक्ति पृथकीकरणको सिद्धान्त अनुरूप राज्यका निकायहरू नचल्दा राज्यका सबै अंगप्रति जनताको भरोसा टुटेको बताएका हुन् ।

शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका निकायहरू चल्न नसक्दाको परिणाम आज राज्यका सबै अंगप्रति जनताको भरोसा टुट्दै गएको छ,’ उनले शुभकामना दिँदै भनेका छन्, ‘नियन्त्रण र सन्तुलन सिद्धान्तको अभावले राज्यका निकायहरूमा स्वेच्छाचारिता बढ्दै गएको छ ।’

उनले राज्य कमजोर हुने र सामाजिक अराजकता बढ्दै जाने आजको परिस्थितिले नै चरम आर्थिक संकट उत्पन्न भएको औंल्याएका छन्। ‘मुलुकलाई सही बाटोमा अघि बढाउन नियन्त्रण र सन्तुलन कायम गर्न शक्ति पृथकीकरणको सिद्धान्तलाई स्थापित गरौं कानुन दिवसले हामी सबैलाई त्यस मार्गमा अघि बढ्न प्रेरित गरोस्,’ उनले शुभकामना सन्देशमा भनेका छन्।