सन्दीप राईलाई राससको महाप्रबन्धकमा नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा सन्दीप राई नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को सोमबारको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको हो।
नेकपा (एमाले) निकट प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्।
पाँचथरको फालेलुङ गाउँपालिका–३ का बासिन्दा राईसँग मोफसल र संघीय राजधानी काठमाडौंमा रहेर विभिन्न सञ्चार माध्यममा काम गरेको छ।
उनी तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत थिए।



थर्ड पोल 