सुन्दर हरैँचामा सवारी दुर्घटना, एक जनाको मृत्यु, दुईजना घाइते
काठमाडौं । मोरङको सुन्दर हरैँचा नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य दुईजना घाइते भएका छन् ।पूर्वबाट पश्चिमी गन्तव्यका लागि जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको को २० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–७ का २५ वर्षीय भुपाल मगर, पछाडि सवार ३२ वर्षीय भीमबहादुर मगर र २८ वर्षीय बिक्रम माझी घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उपचारकै क्रममा बिक्रम माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
थर्ड पोल 