सप्तकोशी नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु, दुई बेपत्ता
1.
सप्तकोशी नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु हुँदा दुई जना बेपत्ता भएका छन् । उक्त नदीमा नुहाउन गएका झापाको दमक– २ का १७ वर्षीय नवीन न्यौपानेको शव फेला परेको छ भने सोहि स्थानका १९ बर्षीया रुद्र न्यौपाने र मोरङ्ग उर्लाबारीका राज गुराँगाई बेपत्ता भएका हुन्।
न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको थियो। अहिले बेपत्ता भएका दुई जनालाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरी गोताखोर टोलीसहित स्थानीयहरूले खोजि कार्य जारि राखेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
उनको अनुसार युवकहरू आफन्तको श्राद्ध गरिएको स्थानबाट नुहाउनका लागि कोशी किनारमा गएका थिए।
थर्ड पोल 