सबै राजावादीहरू आज एकै ठाउँमा भेला हुँदै, नयाँ आन्दोलनको घोषणा गरिने

सबै राजावादीहरू आज एकै ठाउँमा भेला हुँदै, नयाँ आन्दोलनको घोषणा गरिने


काठमाडौं ।  नवराज सुवेदिको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाको निमित्त गठित जनआन्दोलन समिति पछिल्लो समय सकृय देखिएको छ । समितिको आयोजनामा बिहिवार अर्थात बैशाख २५ गते सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको जनाईएको छ ।

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका केशरबहादुर बिष्ट, नेपाली काङ्ग्रेस ९बिपि०का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजाबादी हिन्दुबादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

 राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नबराज सुवेदिको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरेका छन् ।
 
उनले भने– कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट ब्यबस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपुर्ण हुनेछू  । कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरुले अब हुने आन्दोलनमा समर्थन जनाउदै प्रतिबद्धता ब्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।