समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
काठमाडौं । समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ। यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ५.४२२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२८५४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ।
उक्त लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले चैत २९ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा नमोबुद्ध ब्याक्वेट एन्ड इभेन्ट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ः३० बजे सुरु हुनेछ।साधारण सभा तथा लाभांश प्रयोजनका लागि यसले चैत १९ गते बुक क्लोज गर्ने भएको छ।
थर्ड पोल 