समिति सञ्चालनका लागि आचारसंहिता बनाउन आवश्यक छः गगन थापा

समिति सञ्चालनका लागि आचारसंहिता बनाउन आवश्यक छः गगन थापा


काठमाडौं, २ जेठ । समिति सञ्चालनका लागि आचारसंहिता बनाउनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले समिति सचिव र सभापतिबीच छलफल भइसकेपछि समितिको बैठक बोलाइहाल्ने परम्परा रहेको भन्दै समितिको बैठक कति समयअघि बोलाउने र विषय वस्तुहरु कस्ता राख्ने भन्नेबारेमा आचारसंहिता बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

समितिको बैठक आकस्मिक समय बाहेक अन्य समयमा बोलाउन निश्चित समय अवधि तोक्नुपर्ने उनले बताएका छन । समितिको विषयवस्तु छनोटको बारेमा पनि सोच्न जरुरी रहेको उनले बताए । समितिको बैठकमा प्रयोग हुने भाषाका सन्दर्भमा पनि आचारसंहितामा राख्न आवश्यक रहेको उनले बताए । सांसद थापाले समितिमा विधेयकको छलफलका लागि पनि कार्यतालिका बनाएर अघि बढ्न सुझाव दिए ।