समीक्षाको स्टाटस– 'माया गर्छुरत मर्न सक्छु, मार्न सक्छु

समीक्षाको स्टाटस– 'माया गर्छुरत मर्न सक्छु, मार्न सक्छु

लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीवार फेसबूकमार्फत प्रेमिल सन्देश व्यक्त गरेकी छिन् । बिहीबार आफूले माया गर्ने व्यक्तिका लागि जे पनि गर्न तयार भएको अभिव्यक्तिसहित सामाजिक सञ्जालमा ‘कमब्याक’ गरेकी हुन् ।

उनको पछिल्लो स्टाटस नायक पल शाहलक्षित भएको अनुमान गरिएको छ । केही समययता उनी सामाजिक सञ्जालसहित मिडियाबाट टाढिएकी थिइन् ।

“तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु
तिम्रो लागि आफैँलाई दुःखमा पार्न सक्छु
“तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म
त्यसैले तिम्रो लागि सधैँ म हार्न सक्छु ।” उनले फेसबुकमा लेखेकी छन् ।