सेयर बजारमा आज नेप्से झिनो अंकले घट्यो 

1.

आज  सेयर बजारमा नेप्से झिनो अंकले घटेको छ । साताको पहिलो दिन नेप्से परिसूचक २.८० अंकले घटेर १९३१.६८ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  

बिहीबार २९.०८ अंकले घटेको नेप्से आइतबार झिनो अंकले घटेको हो।  आज घटेको बजारमा आज ३० लाख ५६ हजार ७७५ कित्ता शेयरको खरिदबिक्री हुँदा ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

२६५ कम्पनीको ३० लाख ५६ हजार ७७५ कित्ता सेयर ९७ करोड ४५ लाख ९९ हजार ६१ रुपैयाँमा खरिदबिक्री भयो। तीन कम्पनीको सेयर मूल्‍य  सकारात्मक सर्किट लेभलमा कारोबार भयो। 

कारोबारका आधारमा आज सर्वाधिक नाफा कमाउनेमा आदर्श लघुवित्त वित्तीय संस्था, मोलुंग हाइड्रोपावर, कालिञ्चोक दर्शन र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

त्यस्तै सर्वाधिक घाटामा भने एसियन हाइड्रोपावर, एनआइसी एसिया बैंक, शिवम सिमेन्टस र हिमालयन डिस्टिलरी लिमिटेड रहेका छन् ।