सरकारले जसरी काम गर्नुपर्ने हो त्यो हुन सकेको छैन,म स्वीकार गर्न तयार छु: अर्थमन्त्री डा. महत
1.
अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले गर्नुपर्ने काम गर्न नसकेको बताएका छन्। सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै आफुहरुले गर्नु पर्ने काम गर्न नसकेको स्विकार गरेका हुन्।
उनले भने, 'सरकारले जसरी काम गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । यो देखिएको सत्य हामी राजनीतितन्त्रदेखि प्रशासनले स्वीकार गर्नुपर्छ, म स्वीकार गर्न तयार छु। '
नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्दै आफुहरुले नै सबै कुराको परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, 'सबै कुरामा हामीले सुधार ल्याउनुपर्छ, देशको इफिसेन्सी बढाउने चुनौती छ।' वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र दबाब सिर्जना भएको महसुस भएको उनको भनाइ छ।
यस्तै आर्थिक क्षेत्रमा कार्यान्वयन गर्ने विषय अन्य राजनीतिक विषय र आर्थिक दायित्वबीचको तादम्य नहुँदा कतिपय समस्या सिर्जना भएको दावी गरे। बढ्दो साधारण खर्चले निम्त्याएको दायित्वले आर्थिक श्रोतको पहिचान र परिचालनलाई राजनीतिक क्षेत्रबाट तादम्यका साथ सँगसँगै लैजान नसकिएको समेत बताए।
थर्ड पोल 