सरकारले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गरिरहेको छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारले निजी क्षेत्रको मनोवल बढाउने गरी काम गरिरहेको बताएका छन् ।सिंहदरबारमा भएको पूर्व बजेट छलफलमा बोल्दै उनले सरकारले निजी क्षेत्रलाई वेवास्था गर्यो भन्नु गलत भएको भन्दै निजी क्षेत्रको मनोवल बढाउनको लागि काम गरेको बताएका हुन् ।
उनले भने, ‘निजी क्षेत्रको आत्मवल बढाउन सरकार सम्पूर्णरुपमा केन्द्रित छ । सरकारलाई राम्रोसँग हेक्का छ । निजी क्षेत्र जसको अर्थतन्त्रमा ८० प्रतिशत होल्डर रहेको निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन भन्ने ज्ञान सरकारसँग छ ।’
उनले निजी क्षेत्रका मुद्धा सम्बोधन गर्नका लागि नै अध्यादेश मार्फत कानून आएको बताए । ‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौ दशकदेखि नउठेको मुद्धाहरुलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानून भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले वेवास्था गर्यो भन्ने कुराको कुनै अर्थ छैन,’ उनले भने ।
मन्त्री पौडेलले नेपालमा समाजवाद नभएको र त्यसको लागि सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्ने बताए । ‘नेपालमा समाजवाद छैन । आजै आउदैन पनि त्यो समाजवाद धेरै टाढा छ । नेपाली समाजवादमा सबैभन्दा पहिला देश आर्थिकरुपमा सम्बृद्धि हुनुपर्यो । त्यसका आम नागरिकको समान पहुँच हुनुपर्छ । सबै प्रकारको विभेद अन्त्य हुनुपर्छ,’ उनले भने ।
थर्ड पोल 