सल्यान जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते

सल्यान जिप दुर्घटनामा २ जनाको मृत्यु, ४ जना घाइते

सल्यानमा शनिबार बिहान भएको जिप दुर्घटनाका ६ घाइते मध्य २ जनाको मृत्यु भएको छ।

थप ४ जना घाइतेलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।

जिल्लाको त्रिवेणी गाउँपालिका–  ६ का ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी– ५ की    १८ वर्षीया बिपना बुढाथोकीको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक पातलीका अनुसार जिल्ला अस्पताल खलंगामा ती दुई जनाको उपचार क्रममा मृत्यु भएको हो।

दुर्घटनाका थप चार घाइतेहरूमा चालक त्रिवेणी – ५ सिम्खका  २४ वर्षीय भुपाल पुन, त्रिवेणी– ६ की ४२ वर्षीया लालमती बुढाथोकी,  त्रिवेणी– ५ का २९ वर्षीय  पारस बोहरा र ५० बर्षीय डिल्लीबहादुर वलीलाई थप उपचारका लागि दाङ रिफर गरिएको छ।

घाइते मध्य चालक भुपाल पुन र लालमती बुढाथोकीको अवस्था गम्भीर रहेको जिल्ला प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराइले बताए।