सल्यानको कपुरकोटमा गाडी दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौं । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलामा मा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये एक जनाको सनाखत भएको छ । राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङको घोराही आउँदै गरेको लु २ ख ६५०२ नम्बरको फोर्स गाडि आज बिहान करिब चार बजे सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएकामध्ये रुकुम पश्चिमको बाफीकोट गाउँपालिका ५ बस्ने अन्दाजी २५ वर्षीय प्रकाश केसीको मात्र सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अरु एक महिला र एक पुरुषको भने सनाखत हुन बाँकी छ ।
दुर्घटनामा बाफीकोट गाउँपालिका ५ कै अन्दाजी ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीय बिना केसी घाइते छन् । उनीहरुको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ ।घाइते दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचार पश्चात थप उपचारका लागि आज बिहान ६ बजेतिर बाँकेको नेपालगञ्ज रिफर गरिएको छ ।
थर्ड पोल 