संसद बैठकमा कांग्रेसको अवरोध कायमै, अर्को बैठक जेठ १३ गते बस्ने

संसद बैठकमा कांग्रेसको अवरोध कायमै, अर्को बैठक जेठ १३ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ । आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् । सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार्यादेशमा सहमति जुट्न नसक्दा कांग्रेसले अवरोध कायमै राखेका छन् ।