सांसद सुमना श्रेष्ठलाई आशिष खनाल (माड्साव) को जवाफ– ‘सफल हुने विद्यार्थीहरुको फोटो सामाजिक सञ्जालमा हालेर बधाई दिनु गलत होइन’ 

सांसद सुमना श्रेष्ठलाई आशिष खनाल (माड्साव) को जवाफ– ‘सफल हुने विद्यार्थीहरुको फोटो सामाजिक सञ्जालमा हालेर बधाई दिनु गलत होइन’ 

काठमाडौं । सांसद सुमना श्रेष्ठले आफ्ना छोराछोरीको एकइईमा यति आयो उति आयो भनेर पोस्ट नगर्नुहोला यसले विद्यार्थीबीच अनावश्यक दबाव र अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुन्छ भन्ने सन्देश दिएपछि उक्त सन्देशको प्रतिक्रियाकोरूपमा शिक्षक तथा कार्टुनिस्ट आशिष खनाल (माड्साव) लेख्छन् – सफल हुने विद्यार्थीहरुको फोटो सामाजिक सञ्जालमा हालेर बधाई दिनु गलत होइन। आफ्ना छोराछोरी र विद्यार्थीलाई हौसला दिन, हर्षित र उत्साहित, र अन्त्यमा सफल बनाउन एकजना शिक्षक र उसका मातापिताले कति सम्म प्रयत्न गरेका हुन्छन् भन्ने कुरा कुनै सांसद, मेयर या कुनै जनप्रतिनिधिले कल्पना सम्म गरेको हुँदैन। 

कुल देखिन, मान्छेको सेन्टिमेन्टस् तान्न त जे सुकै भने पनि फरक पर्दैन तर सफल हुने विद्यार्थीको फोटो हालेर (बधाई) भनेको कम जीपीए ल्याउने बच्चालाई हतोत्साहित गर्न हैन, राम्रो जीपीए ल्याउनेलाई अझै धेरै प्रोत्साहन गर्न हो। बालेनले चुनाब जितेपछि केशब स्थापित लगायत अन्य असफल उम्मेद्वारलाई नराम्रो असर पर्छ भनेर बालेनका समर्थकले विजय उत्सव नै नमनाआउनु भन्दै प्रश्न गरेका छन् । 

अलिकति सकारात्मक बन्नुस्। मैले कसैको फोटो हालेर  (बधाई) भन्दै गर्दा यसैपाली कम जिपिए ल्याउने बच्चाको मनमा (हेर्दै जा) मिहिनेत गरेर अर्को साल यो भन्दा धेरै जीपीए ल्याएर देखाउने छु र मेरा फोटाहरू पनि यत्रतत्र पोष्ट हुनेछन् भन्ने भावना पनि त आउँन सक्छ। तपाईं राजनीतिक कर्मीहरू किन सधैँ भत्किने, जुल्ने, बिग्रिने, टुट्ने आदि जस्ता नकारात्मक कुराहरूको मात्र प्रचारबाजी गर्नु हुन्छ ? भन्दै आक्रोस पोखेका छन् ।  

सांसद सुमनालाई लक्ष्ति गदै उनले नेपाललाई अमेरिका र हामीलाई अमेरिकनसँग तुलना गरेर ( हाम्रो अमेरिकामा त यस्तो हुन्थ्यो, हाम्रो अमेरिकामा त त्यस्तो हुन्थ्यो ) भनेजस्तो अभिव्यक्ति नदिन आग्रह गरेका छन् ।