सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ – प्रेम सुवाल
काठमाडौं । वायुसेवालाई व्यवस्थापन करार वा शेयर निष्कासन वा बिक्री नगर्ने प्रस्ताव विधेयकमा ल्याउनुपर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले माग गरेका छन् । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सांसद सुवालले विधेयकमा वायुसेवालाई निजीकरणको लागि बाटो खुला गरिएको बताए ।
उनले सरकारले केही गर्न नसक्ने अनि एउटा व्यक्तिको कम्पनीले देश चलाउने भनेझैं विधेयक ल्याइएको आरोप लगाउँदै उनले यो ठिक नभएको धारणा राखे ।सांसद सुवालले भने, ‘अब सबै चिज निजीकरण गर्ने भए भोलि सिंहदरबार पनि कुनै विदेशीलाई सञ्चालन गर्न दिनुपर्ने दिन आउनेछ ।’समितिमा आइतबार नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो ।
थर्ड पोल 