ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बुधबार ११ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ११ सयले घटेसँगै तोलामा ९९ हजार २०० रुपैयाँ कायम गरिएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ।
चाँदीको मूल्य पनि आज २५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
