ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
साताको चौथो दिन आज बुधबार बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार १५ सयले घटेर १ लाख ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
तेजावी सुन प्रतितोलामा १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर तोलको १३ सय ८५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । चाँदी हिजो तोलाको १४ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
