स्वदेश फर्किए चिनियाँ विदेशमन्त्री वाङ यी
चिनियाँ विदेशमन्त्री एवम् राज्यपरिषद् सदस्य वाङ यी स्वेदश फिर्ता भएका छन् । नेपालको त्रिदिवसीय भ्रमण सकेर उनी आज आइतवार दिउँसो स्वदेश फर्किएका हुन । वाङ यी गएको शुक्रवार नेपाल आइपुगेका थिए ।
चिनियाँ विदेश मन्त्रीलाई बिदाइ गर्न परराष्ट्र सचिव भरतराज पौड्याललगायतको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थियो । चिनियाँ विदेशमन्त्री वाङले आजै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शिष्टाचार भेट गरेका थिए ।
यस्तै आज नै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए ।