होटलको शौचालयभित्र एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला 

होटलको शौचालयभित्र एक पुरुष झुण्डिएको अवस्थामा मृत फेला 

कैलालीको अत्तरियास्थितको होटलमा एक पुरुष मृत फेला परेका छन्। बैशाख १० गते सोहि होटलमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका–३ का अन्दाजी ४५ वर्षीय मोहनसिंह मृत अवस्थामा फेला परेका हुन्।

गोदावरी नगरपालिका–१ अत्तरियास्थित बसपार्क (पहाड रोड) रहेको न्यू सत्कार होटलको  १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले जानकारी दिए।  

उनि उक्त होटलको शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ। अहिले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।