हुन्डाईको कोना गाडी अब 0 प्रतिशत ब्याजदरमा किन्न सकिने
काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्नो विद्युतीय गाडीकोनाको खरिदमा 0% प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको छ ।
हुन्डाईले KONA मा“Zero Emission, Zero Interest”योजना ग्राहकमाझ सार्वजनिक गरेको छ । दिगोपन र पर्यावरण-मैत्री भविष्यलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता थप मजबूत गर्न यस योजना अन्तर्गत इच्छुक ग्राहकहरुले 0 % ब्याजदरमा पाँच बर्ष को लागि ५०% डाउन पेमेन्ट गरी हुन्डाईकोना खरिद गर्न सक्नेछन् ।
आफ्नो उत्कृष्ट डिजाइन, पर्फोरमंसर विश्वसनीयताका साथ, हुन्डाईले प्रतिस्पर्धी विद्युतीय सवारीको बजारमा छुट्टैपहिचान बनाउन सफल भएकोछ । हुन्डाइ KONA २ वटा भेरियन्टमा उपलब्ध छ । कोना GL को मूल्य ५९,९६,००० र GLS भेरियन्टको मूल्य ६४,९६,००० रहेको छ ।
हुन्डाई कोनामा मल्टी स्टेज हाइभोल्टेज सेफ्टी सिस्टम युक्त ३९.२ किलोवाट आवरको लिथियम आयोन पोलिमर व्याट्री रहेको छ । जसका कारण यसमा हाइ इनर्जी डेन्सीटी रहन गई रेन्जसमेत बढ्ने छ । कोना इलेक्ट्रीकलाई एक पटकको सिंगल चार्जमा ३०५ किलोमिटरसम्म गुडाउन सकिने छ । हुन्डाई कोनामा नयाँ डिजाइनको ग्रिल, डे टाइम रनिङ लाइट तथा ठूलो साइजको टेललाइट पाउन सकिन्छ । यसलाई १०० किलोवाट डीसी फास्ट चार्जरले ५४ मिनेटमा ८० प्रतिशत ब्याट्री चार्ज गर्नेछ ।
नेपालमा हुन्डाईका गाडी लक्ष्मी इन्टरकन्टिनेन्टलले बिक्री वितरण गर्दै आईरहेको छ। विद्युतीय गाडीलाई लक्षितगर्दै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको कम्पनीले विभिन्न चरणमा आयोजना गरेको High Voltage Battery Check-up camp मा ५०० भन्दा बढी विद्युतीय सवारीसाधनमा परीक्षणको नतिजा अनुसार ५ वर्ष सम्म चलाइएका कोनाका ब्याट्रीको शक्ति ( SOC) ९८ प्रतिशत भन्दा बढी पाइएको थियो र
विश्वव्यापीरूपमा निकै रुचाइएको कोना नेपाली बजारमा पनि धेरै रुचाइएको विद्युतीय गाडी हो । हुन्डाई कोनाले नेपालमा विद्युतीय गाडीप्रति को सोच, क्षमता, यसको उपयोगितालाई नयाँ परिभाषा मात्र दिएको छैन, यसले स्थापना गरेको विद्युतीयगाडीप्रतिको विश्वास, आफ्नो सर्वाधिक रि- सेल भ्यालुबाट दोस्रो बजारमा समेत आफ्नो पहिचान मजबुत बनाएको छ ।विश्वसनीयताप्रतिको प्रतिबध्दता हुण्डाईको आधारशिला हो र कोना इलेक्ट्रिक एउटा उदहारण हो जसले यो कुरालाई परिभाषित गर्दछ। यिनैकारणहरुले हुन्डाई कोनाले नेपाली अटोबजारमा आफ्नो साखलाई अझै मजबूत बनाउनुका साथै स्वच्छ वातावरण र पर्यावरणमैत्री साधन खोज्ने ग्राहकहरुको पहिलो रोजाइ बन्न सफल रहेको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालभर १६ शोरुम तथा १९ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । साथै ईभीचार्जिङ गर्नका लागि ४४ं भन्दा बढी स्थानहरूमा चार्जिङपोइन्ट स्थापना गरी सेवा दिदै आएको छ ।
थर्ड पोल 