होर्मुज जलमार्ग पुनः बन्दः अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा ठुलो उछाल
काठमाडौं । अमेरिका र इरानबिचको तनावका कारण विश्वको प्रमुख तेल आपूर्ति मार्ग स्ट्रेट अफ होर्मुज पुनः बन्द भएपछि सोमबार कच्चा तेलको मूल्यमा ६ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। अघिल्लो शुक्रबार मात्रै झण्डै ९ प्रतिशतले घटेको तेलको मूल्य युद्धविराम उल्लङ्घन र आपसी आक्रमणका खबरसँगै फेरि आकासिएको हो।
अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ६.११ डलर (६.७६%) ले बढेर ९६.४९ डलर पुगेको छ। त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि ६.५३ डलर (७.७९%) ले वृद्धि भई प्रतिब्यारेल ९०.३८ डलर कायम भएको छ।
यसको प्रतिउत्तरमा इरानले अमेरिकी नाकाबन्दी जारी रहुञ्जेल शान्ति वार्ताको दोस्रो चरणमा सहभागी नहुने अडान लिएको छ। इरानले जलमार्ग खोलेको दाबी गरेको केही समयमै पुनः बन्द गरिदिएपछि तेल ढुवानीकर्ताहरू थप सशङ्कित बनेका छन्। विश्वको कुल तेल आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने यो जलमार्ग बन्द हुँदा विश्व अर्थतन्त्रमै ठुलो धक्का लाग्ने देखिन्छ।
थर्ड पोल 