हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको होइन, हामीसँग बिल छ– गृहमन्त्री गुरूङ

हेलिकप्टर उद्धारमा १५ अर्ब खर्च भएको होइन, हामीसँग बिल छ– गृहमन्त्री गुरूङ

रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १५ अर्ब रूपैयाँ खर्च भएको भनी आएको विषयमा कुनै सत्यता नरहेको गृहमन्त्री सुधन गुरूङले बताएका छन्।

बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री गुरूङले यस्तो बताएका हुन्।

उनले हालसम्म बाढी प्रभावित नागरिकको हेलिकप्टर उद्धारका लागि १४ करोड रूपैयाँ मात्र खर्च भएको विवरण प्राप्त भएको बताए। नेपाली सेनाले भने खर्च विवरण पठाउन बाँकी रहेको उनको भनाइ छ।

'हेलिकप्टर उद्धारका १५ अर्ब खर्च भएको कुराहरू आइराखेको छ। बिलसहित नै १५ अर्ब भनेर भनिरहेका छन्। तर वास्तविक २० करोड रूपैयाँ रहेछ। १४–१५ करोड खर्च भएको विवरण बिलसहित प्राप्त भएको छ। नेपाल आर्मीबाट (विवरण) आउन बाँकी छ। हामीले वृहत रूपमा एउटा नागरिकका लागि खोज तथा उद्धार गरेका हौं। हामी नागरिकप्रति जबाफदेही त हुनुपर्‍यो नि। अर्बौं खर्च भएको रहेनछ। हामीसँग बिल छ,' उनले भने।