ह्वात्तै घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?
नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। हिजो तोलाको १८ सयले घटेको सुन आज १२ सयले घटेको छ।
मंगलबार तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार १२ सयले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि आज १५ रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको।
