६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

६३ प्रतिशतले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ६३.७२ प्रतिशतले बढेको छ ।

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले खुद ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको कुल बीमाशुल्क संकलन पनि बढेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब २२ करोड ५८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिका कम्पनीले ९३ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले दोस्रो त्रैमाससम्ममा ६० करोड १६ लाख रुपैयाँ बढी दाबी भुक्तानी दिएको छ । गत आवको सोहि अवधिमा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले दिर्घकालिन रुपमा ३३ करोड ३१ लख रुपैयाँ र अल्पकालिन रुपमा ४ अर्ब २७ करोड ६० लाख रुपैयाँ लगानी गरेको छ । हाल २ अर्ब ३० करोड १५ लाख रुपैयाँ चुँक्ता पुँजी रहेका कम्पनीको प्रति शेयर आम्दानी १६.०२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १९४.८५ रुपैयाँ र पिई अनुपात ४०.१० गुणा रहेको छ ।