आइसीसी टि–२०ः नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आइसीसी टि–२०ः नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै


काठमाडौं । नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो । त्रिभुवन विश्वविद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।

छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् । नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।