उदयपुरका सामुदायिक वनहरुमा डढेलो, जोखिममा मानवबस्ति 

1.

उदयपुरको केहि जंगलमा आगलागी भएपछी अहिले फैलने क्रम जारि रहेको छ।   शनिबार देखि उक्त डढेलो उदयपुरको सदरमुकाम गाईघाट आसपासकासका जङ्गल क्षेत्रमा फैलिएको हो। 

त्रियुगा नगरपालिकाको साउने, खाँबु असारी र भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो तीव्ररूपमा फैलिँदै गएको डिभिजन वन कार्यालय गाईघाटका अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए। उनले भने, ' जङ्गलमा घाँसदाउरा गर्ने र गोठालो जानेले आगो लगाएको हुन सक्छ।' यसरी डढेलो नियन्त्रण गर्न नसकेर सोहि क्षेत्रका बस्तिहरुको जोखिम बढ्दै गएको छ।  

भुसुनेका स्थानिय कर्णबहादुर राय भन्छन,  'त्रियुगा नगपालिका–१३ असारी, भुसुने सामुदायिक वन क्षेत्रमा लागेको डढेलो फैलिएर घर नजिकसम्म पुग्न थालेको छ  । हामी गाउँलेहरु मिलेर डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौं ।'

डिभिजन वन कार्यालय कटारीअन्तर्गत एक सय ५४ र गाईघाटअन्तर्गत दुई सय पाँच सामुदायिक वन छन् ।