कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार


काठमाडौं, २० भदौ ।नेपाली कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि, खकुरी प्रहार भएको छ । रिपोर्टस् क्लबबाट निस्कने क्रममा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीले पुष्टि गरेको छ ।

नुवाकोट घर भएका श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।