८ लाख २२ हजारसहित १३ जुवाडे पक्राउ

८ लाख २२ हजारसहित १३ जुवाडे पक्राउ

चाँगुनारायण नगरपालिका-६ नगरकोटमा रहेको एक होटलबाट जुवा खेलिरहेको १३ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ।

नगरकोट गैरीगाउँका ३७ वर्षीय मनबहादुर तामाङको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा मनबहादुरसहित १३ जनालाई बुधबार बिहान पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। उनीहरूको साथबाट ८ लाख २२ हजार ६० रूपैयाँ बरामद गरिएको छ।