प्रतिनिधिसभा बैठक बस्दैः प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

प्रतिनिधिसभा बैठक बस्दैः प्रधानमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने


काठमाडौं, १३ असार । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक ११ बजे बोलाइएको छ । बुधवारको को बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहनेछ ।

सोही क्रममा विनियोजन (बजेट) विधेयक २०८० माथि उठेका प्रश्रको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । जसअनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, उपराष्टपतिकोे कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका कार्यालयमा छुटाइएको बजेटमाथि जवाफ दिने कार्यक्रम रहेको छ ।

मंगलबारको बैठकमा भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिएका थिए ।