पिसाबको संक्रमणले हुन् सक्छन् यस्ता जोखिमहरु

पिसाबको संक्रमणले हुन् सक्छन् यस्ता जोखिमहरु

पछिल्लो समय पिसाब सम्बन्धि समस्या निकै बढ्दो छ । पिसाबको सङ्क्रमण (युरिनरी ट्र्याक इन्फेक्सन UTI) युरिनरी प्रणालीको कुनै पनि भागको सङ्क्रमण हो। युरिनरी प्रणलीमा मृगौला,पिसाब नली, पिसाब थैली र युरेथ्रा पर्दछन्। प्रायः तल्लो युरिनरी ट्र्याक - पिसाव नली र पिसाब थैलीमा सङ्क्रमण देखिने गर्छ।

पुरुषहरूको तुलनामा महिलाहरूलाई पिसाबको सङ्क्रमणको जोखिम बढी हुने गर्छ। यदि पिसाब थैलिको सङ्क्रमण भएको हो भने धेरै पिडादायक र दिक्दार लाग्दो अुनुभूति हुनसक्छ। यदि पिसाबको सङ्क्रमण मृगौला सम्म पुग्यो भने गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ। स्वास्थ्य सेवा प्रदायकहरूले प्राय इन्टिबायोटिक औषधि प्रयोग गरेर यस प्रकारको समस्याको उपचार गर्ने गर्दछन्। तपाईँ स्वयंले पनि केही कदमहरू चाल्नु भएर पिसाबको सङ्क्रमणलाई कम गर्न सक्नुहुन्छ।

लक्षणहरू
पिसाबको सङ्क्रमणले जहिले पनि लक्षणहरू देखाउँदैनन्। यस अन्तर्गत पिसाब आएको जस्तो लाग्ने तर पिसाब फेरिसकेपछि पनि त्यो अनुभव नहट्ने, पिसाब फेर्दा पोल्ने, धेरै पटक पिसाब लाग्ने तर थोरै थोरै पिसाब लाग्न।  पिसाब भएमा बाक्लो बादलजस्तो पिसाब हुने, रातो, गुलाबी या कालो रङको (रगत रहेको) पिसाब हुने, पिसाबबाट कडा गन्ध आउने, महिलाहरूमा पेटको तल्लो भाग दुख्ने - बीचको भागको हड्डी नेर दुख्ने आदि। वृद्धवृद्धाहरूमा पिसाबको सङ्क्रमणको स्थिती अन्य कुनै रोगसँग झुक्किन पनि सक्छ।

पिसावको सङ्क्रमणको प्रकार
हरेक प्रकारको पिसाबको सङ्क्रमण विशेष प्रकारको लक्षणहरूसँग सम्बद्ध हुन्छ। युरिनरी प्रणालीको कुन भाग प्रभावित छ भन्ने कुराले लक्षणहरूमा फरक पार्छ। युरिनरी प्रणालीको प्रभावित भाग                                                                          

लक्षण र चिन्हहरू
मृगौला
पछाडि वा पेटको दाहिने वा देब्रे दुखाइ हुने, उच्च ज्वरो आउने, कँप्ने र जाडो हुने, पेट निमोठ्ने, बान्ता हुने आदि।  


पिसाब थैली  
कम्मर दुख्ने, पेटको तल्लो भागमा समस्या हुने, बारम्बार पिसाब हुने र पिसाब गर्दा दुख्ने, पिसाबमा रगत देखिने


पिसाब नली
पिसाब फेर्दा पोल्ने, श्राबहरू देखिने, डाक्टरलाई कतिखेर भेट्ने, यदि पिसाब सङ्क्रमणको कुनै पनि लक्षण देखिएमा डाक्टरसँग परामर्श लिनुहोस्।

कारणहरू
पिसाबको सङ्क्रमण पिसाबको नलीमा ब्याक्टेरियाहरू प्रवेश गरेर पिसाब नली या पिसाब थैलीमा बढ्न थाले पछि पिसाबको सङ्क्रमण हुन्छ। युरिनरी प्रणाली ब्याक्टेरियासँग लड्ने क्षमताले युक्त हुन्छ। तर कहिले काहिँ प्रतिरक्षा प्रणाली असफल हुनसक्छ। त्यसो भएमा ब्याक्टेरियाले आफ्नो स्थान बनाएर पिसाब नलीमा सङ्क्रमण गराउन सक्छन्।

प्रायः रूपमा पिसाबको सङ्क्रमण महिलामा हुने गर्दछ र पिसाब नली र पिसाब थैलीलाई प्रायः असर गर्ने गर्दछ।

पिसाब थैलीको सङ्क्रमण। यस प्रकारको पिसाबको सङ्क्रमण Escherichia coli (E. coli) इकोलाई ब्याक्टेरियाबाट हुने गर्दछ। Escherichia coli (E. coli) प्राय पाचन प्रणालीमा भेटिन्छ। तर कहिलेकाहीँ अन्य ब्याक्टेरिया नै कारण हुन्छन्।

यौन क्रियाले पनि पिसाब थैलीको सङ्क्रमण गराउन सक्छ तर पिसाब थैलीको सङ्क्रमण गराउन यौनजन्य क्रियाकलापमा सक्रिय रहनुपर्छ नै भन्न सकिन्न। सबै महिला शारीरिक बनावटको कारणले पिसाब सङ्क्रमणको जोखिममा रहन्छन्। महिलाको पिसाब नलीको छैउ मलद्वारको नजिक रहेको हुन्छ। र पिसाब नली छोटो रहेको कारणले पिसाब थैली नजिक रहेको हुन्छ। जसको कारणले मलद्वार र छेउमा रहेको ब्याक्टेरिया पिसाब नलीमा पुग्न र पिसाब थैली सम्मको यात्रा गर्न सहज हुन्छ।

पिसाब नलीको सङ्क्रमण पाचन प्रणालीको ब्याक्टेरिया मलद्वारबाट पिसाब नलीमा प्रवेश गर्दा यस प्रकारको सङ्क्रमण हुन्छ। यौनरोगहरूको कारण पनि पिसाब नलीमा सङ्क्रमण हुनसक्छ। जसमा हर्पेस, गनोरिया, क्लामाइडिया र माइकोप्लाज्मा समावेश हुनसक्छन्। महिलाको पिसाब नलीको छेउ यौनीकोनजिक रहने कारणले यस्तो हुनसक्छ।

जोखिमहरू
महिलाहरूमा पिसाबको सङ्क्रमण धेरै हुन्छ। प्राय महिलाहरूले जीवनमा १ पटक भन्दा बढी पिसाबको सङ्क्रण भोगेका हुनसक्छन्।


महिलामा पिसाब सङ्क्रमण बढी हुनुका कारणहरू:
महिलाको शारीरिक बनावट महिलाको पिसाब नली पुरुषको भन्दा छोटो हुनु जसको कारणले गर्दा ब्याक्टेरियालाई पिसाब थैलीसम्म पुग्न छोटो यात्रा गरे पुग्छ। यौन सक्रियता। यौन सक्रियता बढी हुँदा बढी पिसाबको सङ्क्रमण हुनसक्छ। फरक व्यक्तिसँग यौन सम्पर्क गर्दा जोखिम बढ्न सक्छ।


केही प्रकारको जन्मान्तरण जन्मान्तरणको लागि डायफ्राम प्रयोग गर्दा यौन सङ्क्रणको जोखिम बढाउँछ शुक्रकिटनाशक प्रयोग गर्दा पनि जोखिम बढ्न सक्छ।


मेनोपज या रजस्वला निवृत्ति रजस्वला रोकिए पछि शरीरमा एस्ट्रोजनको कमी हुने हुँदा पिसाब नलीमा परिवर्तन आउँछ। जसले पिसाबको सङ्क्रमणमा परिवर्तन ल्याउँछ।

पिसाब सङ्क्रणका अन्य जोखिमहरूमा पिसाब नलीमा समस्या हुनु। पिसाब नलीमा समस्या भएर जन्मिएका बालबालिकाहरूलाई पिसाब फेर्न कठिनाइ हुनसक्छ। पिसाब नलीमा पिसाब जमेर बस्न सक्छ जसले गर्दा पिसाबको सङ्क्रमण हुनसक्छ।

पिसाब नली बन्द हुनु। मृगौलामा पत्थरी हुने या प्रोस्टे बढेर पिसाब थैलीमा पिसाब जम्नु। जसले पिसाबको सङ्क्रणको जोखिम बढ्छ
रोग प्रतिरोध क्षमताको कमि मधुमेह अन्य रोगहरूले प्रतिरोध क्षमता कम गर्न सक्छ।  शरीरको किटाणुसँग लड्ने क्षमता यसले पिसाबको सङ्क्रणको जोखिम बढाउन सक्छ।

क्याथेटरको प्रयोग। कुनै व्यक्ति सहज तरिकाबाट पिसाब गर्न नसक्ने अवस्थामा डाक्टरले क्याथेटर लगाउन सक्छन् क्याथेटरको प्रयोगले पिसाबको सङक्रमणको जोखिम बढाउन सक्छ। क्याथेटर अस्पतालमा रहँदा धेरै मानिसहरूले प्रयोग गर्न सक्छन्। यो नशाको रोग भएका व्यक्ति या हिँडडुल गर्न नसक्ने व्यक्ति या पिसाबलाई नियन्त्रण गर्न नसक्ने या पक्षयघात भएका व्यक्तिहरूके प्रयोग गर्न सक्छन्।
हालसालैको युरिनरी प्रणालीको जाँच या शल्यक्रिया युरिनरी प्रणालीको जाँच या शल्यक्रियाले पनि कुनै अवस्थामा पिसाबको सङ्क्रमणको जोखिम बढ्न सक्छ।

जटिलता
रोग लाग्ने बित्तिकै र उपयुक्त उपचार गर्दा पिसाब नलीको तल्लो भागको सङ्क्रमणले प्राय कुनै पनि जटिलता सिर्जना गर्दैन। उपचार गरिएन र लामो समय लाग्यो भने गम्भीर स्वास्थ्य समस्या सिर्जना हुनसक्छ।

रोकथाम
यी उपायहरूले पिसाबको सङ्क्रमणको जोखिमलाई कम गर्न सघाउँछ:
प्रशस्त तरल पदार्थ पिउनुहोस् विशेष रूपमा शुद्ध पानी पानी पिउँदा पिसाब पातलो हुन्छ। जसले गर्दा बारम्बार पिसाब हुन्छ र युरिनरी प्रणालीबाट ब्याक्टेरिया पखालिन्छन् र सङ्क्रमण कम गर्न मद्दत गर्छ।

क्र्यानबेरीको रस पिउनुहोस्। कुनै पनि अध्यनले क्र्यानबेरीको रसले पिसाबको सङ्क्रमण कम गर्छ भन्ने निश्कर्ष निकालेको छैन। तर क्र्यानबेरी रसले कुनै हानि नगर्ला।