पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६४२ जनाको पीसीआर परीक्षण गर्दामा १९ जना र १ हजार १३३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १७ जना निको भएका छन् भने कसैको पनि मृत्‍यु भएको छैन । हाल देशभर २७१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये २७० जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यो अवधिमा कोरोना विरुद्धको खोप ८६ हजार १ सय ३६ जनाले लगाएका छन्। हालसम्म कोरोनामुक्त हुनेको संख्या ९ लाख ६६ हजार ५ सय ५८ पुगेको छ।