प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच भेटवार्ता, चुनावी सहकार्यबारे छलफल

प्रधानमन्त्री देउवा र डा. भट्टराईबीच भेटवार्ता, चुनावी सहकार्यबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

भेटमा स्थानीय तहको निर्वाचनको विषयमा कुरकानी भएको बालुवाटार स्रोतले बताएको छ । करिब एक घण्टाभन्दा लामो भेटवार्तामा भट्टराईले पाँच दलीय गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । त्यस्तै प्रधानमन्त्री देउवाले बाबुरामको उक्त प्रस्ताव प्रति सकारात्मक रहेको स्रोतले बतायो ।

नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा गठबन्धनको विषयमा ठोस निर्णय गर्न नसक्दा भट्टराईले देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।