मेयर बालेनको प्रहरीलाई आग्रह-"बाटो मिचेर बनेका प्रहरी बिट आफै भत्काउनू, नत्र बाध्य हुनेछौँ"

1.

काठमाण्डौ महानगरपालिका प्रमुख बालेन साहले अनाधिकृत रुपमा रहेको प्रहरीबिट आफैले भत्काउन प्रहरीहरुलाई आग्रह गरेका छन्।  उनले बाटो मिचेर बनेका १९ बिट प्रहरीले आफैले भत्काउनु पर्ने आग्रह गर्दै नभत्काए आफुले बाध्य भएर भत्काउने अल्टिमेटम दिएका हुन्।  

उनले सामाजिक संजालमा एक पोष्ट गर्दै कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न आफुहरु लागि परेको र त्यो आफुहरुले प्रहरीहरुलाई पनि गर्ने च्यालेञ्ज गरे।  

उनले भने, 'कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ ।' कानुन कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ । त्यो संरचना प्रहरी आफैले हटाउनुहोला । यी १९ बिट आफै भत्काउनू, नत्र बाध्य हुनेछौँ। '