बिहेमा डिजे बनाउने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

बिहेमा डिजे बनाउने विषयमा झगडा हुँदा एक जनाको मृत्यु

सप्तरीमा एउटा बिहेमा डिजे बनाउने विषयमा भएको विवादमा एकजनाको मृत्यु भएको छ । सोमबार भएको झडपमा घाइते भएका खडक नगरपालिका वडा नम्वर ४ पंसेराका २७ वर्षीय सन्तलाल पासवानको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको हो ।

रामचन्द्र पासवानको घरमा सोमबारराति जन्तीले ल्याएको डिजे बजाउने विषयमा चर्किएको विवाद झडपमा परिणत भएपछि एक समूहको कुटपिटबाट पासवान घाइते भएका थिए । उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। अरू थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।