सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता

सिके राउत र भाजपा विदेश प्रमुखबीच भेटवार्ता


काठमाडौं, १३ जेठ । जनमत पार्टीका अध्यक्ष सिके राउत र सत्तारूढ भारतीय जनता पार्टीकाविदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । केन्द्रिय समितिको बैठक सम्पन्न गरेर अध्यक्ष राउत आज भारतको राजधानी नयाँदिल्ली पुगेका थिए ।

अध्यक्ष राउत र भाजपा विदेश विभाग प्रमुखबीच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाइएको छ । सो भेटमा दुई देशबीचको सबन्ध र दुई पार्टीबीचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो । सो भ्रमण सकेर राउत सोमवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।